Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

उपत्यकाका सीडीओहरुको बैठक बस्दै, निषेधाज्ञा एक साता थप्ने तयारी

उपत्यकाका सीडीओहरुको बैठक बस्दै, निषेधाज्ञा एक साता थप्ने तयारी

  • मंगलवार, जेठ ११ २०७८

  • 1.5K
    SHARES

  • उपत्यकाका सीडीओहरुको बैठक बस्दै, निषेधाज्ञा एक साता थप्ने तयारी

    काठमाडौँ । उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञा एक हप्ता थप्ने तयारी भएको छ। कोरोना संक्रमण रोकथामका लागि उपत्याकामा गत वैशाख १६ देखि निषेधाज्ञा जारी छ।

    यसअघि थपिएको निषेधाज्ञा जेठ १३ गते मध्यरातमा सकिँदै छ। संक्रमण जोखिम उच्च रहेकाले थप एक साता निषेधाज्ञा लगाउने तयारी गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीले बताउनु भयो ।

    आज दिउँसो बस्ने उपत्यकाका सीडीओहरुको संयुक्त बैठकले निषेधाज्ञाबारे थप निर्णय गर्ने उहाले बताउनु भयो ।

    कोरोना संक्रमण अझै नियन्त्रणमा नआएकाले अझै केही समय निषेधाज्ञा जारी राख्नुपर्ने देखिएको पराजुलीको भनाइ छ। संयुक्त बैठकले हालका प्रावधान तथा निषेधाज्ञाका समयमा गर्न पाउने तथा नपाउने नियममा समेत केही परिवर्तन गर्न सक्ने सीडीओ पराजुलीले बताउनु भयो ।


    मंगलवार, जेठ ११ २०७८०८:१३:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij