काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राष्ट्रपति भवन शितल निवासअगाडि पुगेका प्रर्दशनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रदर्शनमा उत्रिनै लागेका उनीहरुलाई समातेर प्रहरीले भ्यानमा राखेर प्रहरी कार्यालय लगेको छ ।
प्रदर्शन गर्नेहरु युथ काँग्रेस नेपालका कार्यकर्ता रहेको बताइएको छ । आज बिहान मात्र नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेता पनि विरोध गर्दा पक्राउ परेका थिए ।
नेविसंघ पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीलगायत विद्यार्थीहरु बानेश्वरबाट पक्राउ परेका हुन् ।उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई गोबर उपहार पठाउने भन्दै प्रदर्शन गरेका थिए ।
सरकारले संक्रमण बढेको भन्दै नियन्त्रणको लागि निषेधाज्ञा गरेको छ । निषेधाज्ञा उल्लङघन गरेकाले प्रर्दशनकारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।