Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

नेपाल समूहका विद्यार्थी नेताले दर्ता गराए नयाँ पार्टी, यस्तो छ पार्टीको नाम र चुनाव चिन्ह

नेपाल समूहका विद्यार्थी नेताले दर्ता गराए नयाँ पार्टी, यस्तो छ पार्टीको नाम र चुनाव चिन्ह

  • आइतवार, जेठ ९ २०७८

  • 1.0K
    SHARES

  • नेपाल समूहका विद्यार्थी नेताले दर्ता गराए नयाँ पार्टी, यस्तो छ पार्टीको नाम र चुनाव चिन्ह

    काठमाडौं । निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) दर्ता भएको छ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहका विद्यार्थी नेता जीवन राईले नयाँ दल दर्ताको निवेदन दिनुभएको हो ।

    नेकपा (एकीकृत)मा कल्पना गुरुङ उपाध्यक्ष, विनोद खुलाल महासचिव, ऐनविक्रम कुँवर सचिव र सुशील खनाल कोषाध्यक्ष रहेको नेता राईले जानकारी दिनुभएको छ ।

    नयाँ दर्ता भएको पार्टीको चुनाव चिह्न कलम राखिएको छ ।

    वैशाख ७ गते दल दर्ताको निवेदन दिए पनि प्रमाणपत्र भने पाउन बाँकी रहेको बताइएको छ । आयोगका अनुसार यो पक्रियामै छ ।
    शनिबार बसेको नेपाल समूहको स्थायी कमिटी बैठकमा पनि अर्को पार्टी खोल्ने विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

    सरकार हटाउने खेलमा लागेको भन्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाल र नेपालसहित ११ जनालाई स्पष्टीकरणसमेत सोध्नुभएको छ ।

     

     


    आइतवार, जेठ ९ २०७८१२:३४:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij