काठमाडौँ – राष्ट्रियसभा सदस्यमा कांग्रेस,माओवादी र एमालेको माधव नेपाल पक्षीय गठबन्धनका उम्मेदवार खिमलाल देवकोटा विजयी भएका छन्।
एमाले उम्मेदवार रामबहादुर थापा बादललाई पराजित गर्दै देवकोटा विजयी भएका हुन्।
देवकोटाले कुल ५०८८ मतभारसहित विजय हासिल गरेका हुन्।
एमालेको माधव नेपाल पक्षका मत तान्न नसकेपछि बादलको विजय असम्भव बनेको हो।