Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमणका कारण चिनियाँ महिलासहित थप दुई जनाको मृत्यु, मृतकको संख्या ४२ पुगे

कोरोना संक्रमणका कारण चिनियाँ महिलासहित थप दुई जनाको मृत्यु, मृतकको संख्या ४२ पुगे

  • बुधवार, श्रावण ७ २०७७

  • 739
    SHARES

  • कोरोना संक्रमणका कारण चिनियाँ महिलासहित थप दुई जनाको मृत्यु, मृतकको संख्या ४२ पुगे

    काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । धनुषाका ६० वर्षीय वृद्धको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो भने काठमाडौंमा एक ४० वर्षीय चिनियाँ महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

    पोखराको मणिपाल अस्पतालमा भर्ना भएकी ती महिलालाई साउन २ गते हेलिकोप्टरबाट काठमाडौंको ग्राण्डी अस्पताल ल्याइएको थियो ।

    थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएकी उनको उपचारको क्रममा बुधबार मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।

     


    बुधवार, श्रावण ७ २०७७०४:५१:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij