Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

काठमाडौं उपत्यकासहित देशका अधिकांश भागमा वर्षा

काठमाडौं उपत्यकासहित देशका अधिकांश भागमा वर्षा

  • बिहिवार, बैशाख ३० २०७८

  • 1.0K
    SHARES

  • काठमाडौं उपत्यकासहित देशका अधिकांश भागमा वर्षा

     

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आजपनि देशका अधिकांश स्थानमा वर्षा हुने बताएको छ । आज बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको विभागले जनाएको छ ।

    गण्डकी तथा बागमती प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको भन्दै विभागले बाँकी प्रदेशका पनि केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको बताएको छ ।

    आज बिहान मौसम सम्बन्धी बुलेटिन जारी गर्दै आज दिउँसो पनि देशभर सामान्य बदली रहने साथै, देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनासमेत रहेको बताएको छ ।

    यस्तै आज अपराह्नतिर सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख गरिएको छ ।

    यस्तै आज राति प्रदेश १ सहित देशका पहाडी भू–भागहरुमा सामान्य बदली र बाँकी भू–भागहरुमा आंशिक बदली रहने छ । प्रदेश नम्बर १ का साथै अन्य पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।


    बिहिवार, बैशाख ३० २०७८०८:४६:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij