काठमाडौं । सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ । चाँदीको मूल्य भने स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९२ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९१ हजार पाँच सय रुपैयाँमा झरेको छ ।
देशका अधिकांश सहरमा निषेधाज्ञा भएका कारण सुनको कारोबार भने ठप्प रहेको महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने प्रतितोला एक हजार तीन सय ४५ रुपैयाँमा स्थिर छ ।