Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

हेटौंडामा तुइनबाट खसेर एक जनाको मृत्यु

हेटौंडामा तुइनबाट खसेर एक जनाको मृत्यु

  • बुधवार, श्रावण ७ २०७७

  • 867
    SHARES

  • हेटौंडामा तुइनबाट खसेर एक जनाको मृत्यु

    हेटौंडा । हेटौंडामा मंगलबार तुइनबाट खसेर एक वृद्धको मृत्यु भएको छ । तुइनबाट खसेर मृत्यु हुनेमा हेटौंडा–१ का ७७ वर्षीय कृष्णप्रसाद पराजुली रहेका छन् ।

    रापती र सामरी खोला दोभानमा रहेको तुइन तर्ने क्रममा उनी खसेका थिए । तुइनबाट खसेर रापती खोलाले उनलाई बगाएको थियो । हेटौंडाबाट लालझाडी जान तुइन चढेका उनी खुट्टा चिप्लिएर खसेका थिए ।

    खोलाले बगाएर करिब तीन सय मिटर तल पुगेपछि उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा थप उपचारका लागि चितवन रिफर गरिएको थियो । चितवन लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


    बुधवार, श्रावण ७ २०७७०३:२२:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij