काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहको बैठकले प्रतिनिधिसभाको आजको बैठकमा उपसिथत नहुने निर्णय गरेको छ ।
नेपाल पक्षका नेताहरुको सिंहदरबारमा आज बसेको बैठकले प्रतिनिधिसभाको आजको बैठकमा अनुपस्थित रहने निर्णय गरेको नेता भीम रावलले जानकारी दिनुभयो ।
पार्टी एकताका पक्षमा आफूहरूले हदैसम्मको लचकता अपनाए पनि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले बेवास्ता गरेकाले संविधानविपरीत उभिने प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसकिने उहाँले बताउनुभयो ।
बैठकमा राजीनामाबारे छलफल भए पनि तत्कालका लागि संसद बैठकमा अनुपस्थित भएर विश्वासको मत नदिनु नै पर्याप्त हुने निष्कर्षमा आफूहरु पुगेको रावलले जानकारी दिनुभयो ।
यसैबीच, माधव समूहका तीन युवा नेता महासचिव विष्णु पौडेलसँगको छलफलमा जुटेका छन् । योगेश भट्टराई, गोकर्ण विष्ट । घनश्याम भुसालबीच छलफल भएको हो ।
नेपाल समूहको बैठकमा तीन युवा नेताले राजीनामा नदिने पक्षमा अडान लिएको बताइएको छ ।
महासचिव पौडेलले तीन युवा नेतासँग विश्वासको मतमा उपस्थित गराउने सहमतिको प्रयास गरेको स्रोतले जनाएको छ ।