काठमाडौं । संवैधानिक परिषदले लोक सेवा आयोगको अध्यक्षमा माधव रेग्मीलाई नियुक्त गर्न सिफारिस गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद बैठकले सिफारिस गरेका रेग्मी पूर्वसचिव हुन् ।
रेग्मीले लोक सेवा आयोगमै शाखा अधिकृतको रुपमा कार्यरत थिए । उनी त्यहीबाट अवकासप्राप्त कर्मचारी हुन् ।
सरकारी सेवाका सबैजसो पदमा क्रमशः सेवा गरेको अनुभव संगालेका रेग्मी २०६८ साल साउन ११ गते सचिव बनेका थिए । सचिवको रुपमा पूरै पाँच वर्ष कार्यकाल पूरा गरेर उनी ५४ वर्षको उमेरमा लोक सेवा आयोगबाटै रिटायर्ड भएका थिए ।