Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सत्तारुढ एमालेकै सांसदले गरे गण्डकीमा संसद् बैठक अवरुद्ध, यस्तो छ कारण

सत्तारुढ एमालेकै सांसदले गरे गण्डकीमा संसद् बैठक अवरुद्ध, यस्तो छ कारण

  • मंगलवार, बैशाख १४ २०७८

  • 934
    SHARES

  • सत्तारुढ एमालेकै सांसदले गरे गण्डकीमा संसद् बैठक अवरुद्ध, यस्तो छ कारण

    काठमाडौं । सांसदहरुको कोरोना भाइरस संक्रमण परीक्षण नगरी बैठक डाकिएको भन्दै नेकपा (एमाले)ले गण्डकी प्रदेशको संसद् अवरुद्ध गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध वैशाख २ मा दर्ता भएको अविश्वासको प्रस्ताव प्रदेशसभाको विशेष अधिवेशनमा सोमबार टेबुल भएर छलफल भइरहेको वेला सत्तारुढ दलकै सांसदहरुले संसद् अवरुद्ध गरेका हुन् ।

    सांसदहरुको पिसिआर परीक्षण नगरिएको, धेरै सांसदले खोपको दोस्रो डोज पनि नलगाएको र जिल्ला प्रशासन कार्यालय कास्कीले विषेधाज्ञासमेत जारी रहेको अवस्थामा संसद बैठक चल्न नदिने सांसद राजीव पहारीले बताउनुभयो ।

    विशेष अधिवेशनको दोस्रो दिनको बैठकको सुरुमै सत्तारुढ दलका सांसदले उठेर विरोध गरेका थिए । सभामुखले कुरा राख्न भनेपछि सांसद पहारीले कोरोना संकट गहिरिएकाले पिसिआर परीक्षण नगरी बैठक बस्न नहुने बताउनुभएको छ ।

    सभामुख नेत्रनाथ अधिकारीले सरकारका प्रवक्ता र मन्त्रीसहित सर्वदलीय बैठकले कार्यसूची तयार पारिएकाले बस्न आग्रह गर्नुभयो । तर, एमालेका सांसदहरुलेले फेरि पनि मानेनन् ।

    प्रदेशप्रमुखले अधिवेशन डाकेकाले आफूले त्यसलाई रोक्न नमिल्ने सभामुख अधिकारीले बताउनुभयो । उहाँले सत्तापक्षकै सांसदले संसद अवरुद्ध गर्नु राम्रो नहुने भन्दै बस्न आग्रह गर्नुभएको थियो ।

    एमालेका सांसदले उठेर विरोध गरेपछि सभामुख अधिकारीले १८ मिनेटका लागि बैठक स्थगित गर्नुभएको छ । मन्त्रीबाहेक अरु सांसदले उठेर विरोध गरेका थिए ।

    जनमोर्चाले पनि साथ दिने विश्वास दिलाएपछि कांग्रेस, माओवादी र जसपाका सांसदले अविश्वासको प्रस्ताव दर्ता गराउने थाहा पाएपछि वैशाख १ गते मध्यरातमा मुख्यमन्त्री गुरुङले अधिवेशन अन्त्य गराएका थिए । मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई प्रस्ताव गरिएको छ ।

    वैशाख २ गते २८ सांसदले हस्ताक्षर गरेर अविश्वासको प्रस्ताव दर्ता गराएपछि प्रदेश प्रमुख अमिक शेरचनले १३ गतेबाट विशेष अधिवेशन बोलाउनु भएको थियो ।

    गण्डकी प्रदेशसभामा कांग्रेस, माओवादी र जसपाका गरी २८, जनमोर्चाका ३ जना गरी ३१ जना विपक्षीसँग छ । एमालेका २७ सांसद छन् ।


    मंगलवार, बैशाख १४ २०७८०२:२५:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij