Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

आरम्भ चौतारीका अध्यक्ष पोखरेलद्धारा राष्ट्र बैंकमा सपथ ग्रहण

आरम्भ चौतारीका अध्यक्ष पोखरेलद्धारा राष्ट्र बैंकमा सपथ ग्रहण

  • सोमवार, बैशाख १३ २०७८

  • 1.3K
    SHARES

  • आरम्भ चौतारीका अध्यक्ष पोखरेलद्धारा राष्ट्र बैंकमा सपथ ग्रहण

    काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तिय संस्थाका पुनः नवनिर्वाचित अध्यक्ष जगत पोखरेलले नेपाल राष्ट्र बैंकमा पद तथा गोपनीयताको सपथ ग्रहण गर्नु भएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले अध्यक्ष पोखरेललाई बैंककै केन्द्रीय कार्यालय बालुवाटारमा सपथ ग्रहण गराउनु भएको हो ।

    उहाँले अव नवनिर्वाचित अन्य सदस्यहरुलाई सपथ गराउने व्यवस्था रहेको छ । गत चैत ३१ गते भएको संस्थाको पाँचौ वार्षिक साधारण सभाले संस्थापक समूह क बाट प्रतिनिधित्व हुने सञ्चालक चार जना र सर्वसाधारण समूह ख बाट प्रतिनिधित्व हुने गरी संचालक दुई जनाको पदावधि समाप्त भएकाले ती पदहरुमा नयाँ पदाधिकारी चयन गरेको थियो ।

    निर्वाचनबाट संस्थापक समूह क बाट जगत बहादुर पोखरेल, दिपक तिवारी, पुष्पराज ढकाल र सन्तोष पोखरेल सञ्चालक समितिमा निर्वाचित हुनुभएको हो भने सर्वसाधारण समूह ख बाट केशवराज पन्थी र विमल आचार्य चयन हुनु भएको हो ।

    संचालकहरुको पहिलो बैठकले संस्थाका संस्थापक अध्यक्ष जगत बहादुर पोखरेललाई नै चार बर्षका लागि फेरि अध्यक्षमा चयन गरेको थियो । उहाँले आफ्नो कार्यकालमा आरम्भ चौतारी लघुवित्तलाई देशकै सवैभन्दा ठूलो लघुवित्त वित्तिय संस्था बनाउने अठोट व्यक्त गर्नुभएको थियो ।

    देशभरका लघुवित्त वित्तिय संस्थाहरुको साझा संस्था लघुवित्त संघ नेपालका केन्द्रीय अध्यक्ष समेत रहनु भएका पोखरेलले आफुले नेतृत्व गरेको लघुवित्त वित्तिय संस्थालाई लघुवित्त क्षेत्रका लागि उदाहरणीय संस्थाको रुपमा स्थापित गर्नुपर्ने दायित्व समेत आफुसँग रहेको बताउनु भयो ।

    बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त र बनेपामा केन्द्रीय कार्यालय रहेको आरम्भ लघुवित्त मर्ज भएर आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था बनेको हो । एकिकृत संस्थाले गत असार २२ देखि एकीकृत कारोबार सुरु गरेको थियो ।

    नेपाल राष्ट्र बैंकले उनीहरुलाई एकिकृत कारोवार सुरु गर्न २०७६ सालको फागुन १८ गते अन्तिम स्वीकृति दिएको थियो ।
    बैंकको साधारण सभाले गत आव २०७६÷०७७ सम्मको मुनाफाबाट प्रस्ताव गरिएको ८ दशमलव ८५ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

    काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको संस्थाको हाल कम्पनीको चुक्तापूँजी २६ करोड ३४ लाख ४८ हजार रुपैयाँ रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले जानकारी दिनुभयो ।

    साधारण सभाले बनेपास्थित बिपिडब्लू लघुवित्त र बुुटवलस्थित देउराली लघुवित्त वित्तीय संस्थालाई शेयर आदानप्रदान अनुुपात १०० ः ९५ ः ९५ हुने गरी प्राप्ति गर्ने प्रस्ताव पनि पारित गरेको छ । प्राप्ति पश्चात उक्त कम्पनीको शेयर स्वामित्व अनुपात ६३ दशमलव ६५ प्रतिशत (संस्थापक) र ३६ दशमलव ३५ प्रतिशत (सर्वसाधारण) हुने भएको छ ।

    साथै आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा शेयर स्वामित्व अनुपात ६८ दशमलव ३० प्रतिशत (संस्थापक) र ३१ दशमलव ३० प्रतिशत (सर्वसाधारण) रहने प्रस्तावसमेत पारित भएको घिमिरेले जानकारी दिनुभयो ।

    उहाँका अनुसार भविष्यमा थप कुनै लघुवित्त संस्था एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति÷समाहित गर्ने बिषयमा सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय पनि साधारण सभाले गरेको छ ।


    सोमवार, बैशाख १३ २०७८०८:११:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij