Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

गाउँमा दुई सय र शहरमा पाँच सय संक्रमित भेटिएमा निषेधाज्ञा !

गाउँमा दुई सय र शहरमा पाँच सय संक्रमित भेटिएमा निषेधाज्ञा !

  • आइतवार, बैशाख १२ २०७८

  • 768
    SHARES

  • गाउँमा दुई सय र शहरमा पाँच सय संक्रमित भेटिएमा निषेधाज्ञा !

    काठमाडौँ – कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले गाउँमा दुई सय र शहरी क्षेत्रमा पाँच सय कोरोना संक्रिमित भेटिए निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको छ ।

    गाउँमा दुई सय र शहरी क्षेत्रमा पाँच सय संक्रमित नाघे सम्बन्धित जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्न सीसीएमसीले सरकारलाई सिफारिस गरेको हो ।

    काठमाडौँ लगायतका केही जिल्लामा संक्रमतिहरुको संख्या ५ सय नाघिसकेको छ ।  

    अहिलेसम्म काठमाडौँ, भक्तपुर र ललितपुर समेत उपत्यकाका तीनै जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय कटिसकेको छ ।  त्यसैगरी मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा पनि ५ सयभन्दा बढी सक्रिय संक्रमित देखिएका छन् ।

    त्यस्तै, आज बसेको बैठकले भारतसँगका सीमानाकाहरुबाट विदेशी नागरिकहरुलाई नेपाल प्रवेश गर्न रोक लगाउन सरकारलाई सिफारिस गरेको छ।

    बैठकले भोलिदेखि सञ्चालन हुने सबै परीक्षा स्थागित गर्न पनि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ। 


    आइतवार, बैशाख १२ २०७८०७:२७:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij