Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सँगसँगै धरहरा नियाल्दै ओली र नेपाल (तीन तस्बिरसहित)

सँगसँगै धरहरा नियाल्दै ओली र नेपाल (तीन तस्बिरसहित)

  • बिहिवार, बैशाख ९ २०७८

  • 1.7K
    SHARES

  • सँगसँगै धरहरा नियाल्दै ओली र नेपाल (तीन तस्बिरसहित)

    काठमाडौं । नेकपा (एमाले)भित्रको विवाद मिलाउन दुई दिनयता छलफलमा जुटेका अध्यक्ष केपी शर्मा ओली र निलम्बित वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ताको पछिल्लो तस्बिर सार्वजनिक भएको छ । सार्वजनिक तस्विरअनुसार ओली र नेपाल नवनिर्मित धरहराको दृश्यावलोकन गर्दैछन् ।

    dharahar.jfif

    दुबै नेताले वार्तास्थल होटल मेरियटबाट धराहराको दृश्यावलोकन गरेको तस्बिर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्टिरमार्फत सार्वजनिक गरेका हुन् ।

    ‘प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं सांसद माधवकुमार नेपाल संयुक्तरूपमा कमलपोखरीस्थित मेरियट होटलको भेटघाट कक्षको झ्यालबाट सुन्धारामा नवनिर्मित धरहराको दृश्यावलोकन गर्नुहुँदै’, थापाले दुई नेताको फोटोसहितको ट्विमा लेखेका छन् ।

    oli nepal.jfif

    एमाले फुटको संघारमा रहेका वेला दुई नेताबीचको वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    बुधबार साँझ नागपोखरीस्थित होटल मेरियटमा दुई नेताबीच दुई घण्टा संवाद भएको थियो । आज पनि भेटमार्फत विभाजन रोक्ने अन्तिम प्रयास भइरहेको स्रोतले जनाएको छ ।

    ओली र नेपालबीच आजको वार्ताले एमाले एकताबद्ध रहने वा नरहने तय हुने स्रोतले जनाएको छ ।

     


    बिहिवार, बैशाख ९ २०७८०३:५७:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij