काठमाडौँ । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत लिगको अन्तिम खेलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।
टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र मलेसियाबीचको खेल दिउँसो सवा १ बजे सुरु हुनेछ
मलेसियाविरुद्ध मैदान उत्रदा नेपाल सहज जितको खोजीमा हुनेछ । पहिलो भेटमा ९ विकेटको जित निकालेको नेपाल उच्च आत्मबलका साथ मैदान उत्रनेछ ।
नेपाल मलेसियालाई हराएर शीर्ष स्थानमा रहदै फाइनल पुग्न चाहन्छ । नेपाल सिरिजको फाइनलमा पुगिसकेको छ । तर, मलेसियालाई हराएर नेपाल शीर्ष स्थानमा रहेर फाइनल खेल्नेछ ।
सिरिजको फाइनलमा नेपालले शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।