काठमाडौं । नेपाली कांग्रेसले पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता महादेव यादवलाई निर्वाचन समितिको संयोजक बनाउने निर्णय गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज बिहान बसेको कांग्रेस शीर्ष नेताको बैठकले निर्वाचन समितिको संयोजक यादवलाई बनाउने निर्णय गरेको हो ।
यसअघि समितिका संयोजक सांसद राधेश्याम अधिकारीले केही दिनअघि राजीनामा दिनुभएको थियो । रिक्त रहेको उक्त पदमा यादवलाई नियुक्त गर्ने निर्णय भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभएको छ ।
साथै, बैटकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि छलफल भएको बताइएको छ ।