Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

गोदावरीका प्रमुख प्रशासकीय अधिकृत र सव–इन्जिनियर घुससहित पक्राउ

गोदावरीका प्रमुख प्रशासकीय अधिकृत र सव–इन्जिनियर घुससहित पक्राउ

  • सोमवार, श्रावण ५ २०७७

  • 756
    SHARES

  • गोदावरीका प्रमुख प्रशासकीय अधिकृत र सव–इन्जिनियर घुससहित पक्राउ

    काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाका २ कर्मचारी घूससहित पक्राउ परेका छन् । गोदावरी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद जैशी र ओभरसियर किशोर मोक्तानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

    अधिकृत जैशी र ओभरसियर मोक्तानलाई सेवाग्राहीसँग १ लाख ५० हजार घूस लिँदालिँदै अख्तियरको टोलीले पक्राउ गरेको हो । सोमबार (आज) दिउँसो गोदावरीबाटै उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

    सोमबार करिब साढे १२ बजेको समयमा नगरपालिकाको कार्यालय परिसरबाटै सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अधिकारीले बताउनुभयो ।


    सोमवार, श्रावण ५ २०७७०५:१४:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij