Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

मनसुन सुरु भएयता बाढी–पहिरोबाट १ सय १३ जनाको मृत्यु, १०३ घाइते, ४५ बेपत्ता

मनसुन सुरु भएयता बाढी–पहिरोबाट १ सय १३ जनाको मृत्यु, १०३ घाइते, ४५ बेपत्ता

  • सोमवार, श्रावण ५ २०७७

  • 851
    SHARES

  • मनसुन सुरु भएयता बाढी–पहिरोबाट १ सय १३ जनाको मृत्यु, १०३ घाइते, ४५ बेपत्ता

    काठमाडौं । यस वर्ष मनसुन सुरु भएदेखि हालसम्मको अवधिमा १ सय १३ जनाको मृत्यु भएको छ । बाढी र पहिरोका कारण २८ जिल्लामा ११३ जनाले ज्यान गुमाएका हुन् ।

    केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरजबहादुर शाहीका अनुसार विभिन्न जिल्लामा भएका घटनामा १०३ जना घाइते छन् भने ४५ जना बेपत्ता भएका छन् ।

    बेपत्ताको खोजी कार्य जारी राखिएको प्रवक्ता शाहीले बताउनुभयो । खोज तथा उद्दारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको उहाँले बताउनुभयो ।

    प्रहरीका अनुसार बाढीपहिराबाट सबैभन्दा बढी म्याग्दीका २८ जनाको मृत्यु भएको छ भने जाजरकोटमा १२, तनहुँमा ११ र कास्कीमा १० जनको मृत्यु भएको छ । नेपालमा मनसुन ३० असारबाट भित्रिएको थियो ।


    सोमवार, श्रावण ५ २०७७०४:२१:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij