Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

निकट भविष्यमै माधव नेपाल पक्षसँग पार्टी एकता हुन्छः देवेन्द्र पौडेल

निकट भविष्यमै माधव नेपाल पक्षसँग पार्टी एकता हुन्छः देवेन्द्र पौडेल

  • आइतवार, बैशाख ५ २०७८

  • 856
    SHARES

  • निकट भविष्यमै माधव नेपाल पक्षसँग पार्टी एकता हुन्छः देवेन्द्र पौडेल

    पर्वत – नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा एमालेको माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने बताउनुभएको छ ।

    आइतबार सदरमुकाम कुश्मामा आयोजित पार्टीका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता पौडेलले एमालेको नेपाल पक्षसँग निकट भविष्यमै पार्टी एकता गर्ने गरी वार्ता अघि बढेको बताउनुभयो ।

    बलियो कम्युनिष्ट शक्ति निर्माणका लागि विभाजित सबै दलसँग एकताका लागि पहल भइरहेको भन्दै उहाँले एमाले, जनता समाजवादी पार्टी र माओवादीकै अन्य समूहसँगसमेत निरन्तर छलफल र संवाद अघि बढेको बताउनुभयो ।

    नेता पौडेलले नेपाली कांग्रेस आफ्नो नेतृत्वमा सरकार बनाउन पूर्ण रुपमा तयार रहेको दाबी गर्दै जसपा संस्थागत ढंगले एक भएर उभिन नसकेका कारण ढिलाइ भएको बताउनुभयो ।

    जसपाका बहुमत सदस्य नयाँ सरकार बनाउने पक्षमा रहे पनि केही नेता प्रधानमन्त्री केपी शर्मा ओलीप्रतिको निकटताका कारण उक्त पार्टीमा समस्या परेको पौडेलले जिकिर गर्नुभयो ।


    आइतवार, बैशाख ५ २०७८०५:४५:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij