Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

थापा पुनः गृहमन्त्री, साँझ ५ बजे शपथ

थापा पुनः गृहमन्त्री, साँझ ५ बजे शपथ

  • आइतवार, बैशाख ५ २०७८

  • 954
    SHARES

  • थापा पुनः गृहमन्त्री, साँझ ५ बजे शपथ

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमा पुनः नियुक्त गर्नुभएको छ ।

    थापाले आज साँझ ५ बजे राष्ट्रपति भवन शितल निवासमा गृहमन्त्रीका रुपमा शपथग्रहण गर्ने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ ।

    संघीय संसदको सदस्य नरहे पनि ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था छ । सो व्यवस्थाअनुसार प्रधानमन्त्री ओलीले बादललाई गृहमन्त्रीमा पुनः नियुक्ति गर्नुभएको हो ।

    नेकपा (माओवादी केन्द्र)ले बादललाई पद मुक्त गर्न मागसहित दर्ता गरेको पत्रका आधारमा आइतबारदेखि लागु हुने गरि उहाँको राष्ट्रियसभा सदस्य पद रिक्त भएको जानकारीसहितको सूचना संघीय संसद सचिवालयले निकालेको छ ।

    बादल ०७४ सालको चुनावमा माओवादी केन्द्रको उम्मेदवारका रुपमा बागमती प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित हुनुभएको थियो ।

    त्यसपछि एमाले र माओवादी केन्द्र एकता भएर नेकपा बनेको थियो । तर सर्वोच्चको आदेशले एकता खारेज भएपछि बादल पुरानो पार्टी माओवादीमा नफर्की एमालेमा लाग्नुभएको हो ।

    माओवादी केन्द्रले एमालेमै बसेका कारण बादललाई कारवाही गरेको थियो र सांसदबाट पद मुक्त गर्न मागपत्र सचिवालयमा दर्ता गरेको थियो ।

     


    आइतवार, बैशाख ५ २०७८०१:०५:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij