Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

विचार तय नभइ महाधिवेशन सम्भव नहुने पूर्वमाओवादी तर्फका स्थायी कमिटी सदस्यहरुको निष्कर्ष

विचार तय नभइ महाधिवेशन सम्भव नहुने पूर्वमाओवादी तर्फका स्थायी कमिटी सदस्यहरुको निष्कर्ष

समस्याको निकास ओलीले नै दिनुपर्नेमा जोड
  • सोमवार, श्रावण ५ २०७७

  • 616
    SHARES

  • विचार तय नभइ महाधिवेशन सम्भव नहुने पूर्वमाओवादी तर्फका स्थायी कमिटी सदस्यहरुको निष्कर्ष

    काठमाडौं । सत्तारुढ नेकपाका पूर्वमाओवादी केन्द्र तर्फका स्थायी कमिटी सदस्यहरूले विचार तय नभइ एकता महाधिवेशन सम्भव नभएको निष्कर्ष निकालेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिवास खुमलटारमा भएको पूर्वमाओवादी निकट स्थायी कमिटी सदस्यहरुको भेलाले यस्तो निस्तो निष्कर्ष निकालेको हो ।

    पार्टीभित्र बढेको पछिल्लो विवाद र अर्का अध्यक्ष केपी शर्मा ओलीबाट मंसिरमा महाधिवेशन गर्ने प्रस्तावका बारेमा छलफल तथा परामर्शका लागि प्रचण्डले आफूनिकट स्थायी कमिटी सदस्यहरूलाई आज खुमलटार बोलाएर छलफल तथा परामर्श गर्नुभएको थियो ।

    भेलामा लेखराज भट्टबाहेक पूर्वमाओवादी केन्द्र समूहका सबै स्थायी कमिटी सदस्य उपस्थित थिए । उनीहरूले पार्टी एकता बचाउन र अहिले देखिएको गतिरोधको निकास पहिलो वरीयताको अध्यक्ष भएकाले केपी ओलीले नै दिनुपर्ने निष्कर्ष पनि निकालेका छन् ।

    पार्टी अध्यक्षको वरियातामा पहिलो र प्रधानमन्त्री भएकाले केपी ओलीले नै निकासका लागि पहल गर्नुपर्ने भेलामा सहभागी स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले बताउनुभयो । उहाँले छिटोभन्दा छिटो बैठक टुंग्याएर समस्या समाधानतिर अघि बढ्नुपर्नेमा सदस्यहरुले जोड दिएको पनि बताउनुभयो ।

    भेलामा सहभागी अधिकांशले एकता बचाउने, विकास गर्ने, निष्कर्षमा पु¥याउने मुख्य दायित्व ओलीकै भएको बताएको गजुरेलले बताउनुभयो । सदस्यहरूले वैचारिक कार्यदिशा तय नभइ महाधिवेशनमा जानुको औचित्य नरहेको बताएको उहाँको भनाइ छ ।

    भेलामा जारी स्थायी कमिटी बैठक छिटो सक्न सुझाव दिएको बताउनुभयो । बाढी, पहिरोको प्रक्रोप बढेको, उद्धार, राहतको काममा कार्यकर्ता परिचालन गर्नुपर्ने बेलामा सधैँ बैठकमा अल्झिएर बस्न नहुने विचार अधिकांशले राखेको पनि गजुरेलको भनाइ छ ।


    सोमवार, श्रावण ५ २०७७०२:२५:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij