काठमाडौं । बझाङमा पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।
तलकोट गाउँपालिका ३, बस्तीका रुपेश रोकायाको ९ वर्षीय छोरा सोवन र सोही ठाउँका रामचन्द्र रोकायाका ८ वर्षीय छोरा सर्जन रोकायको पानीमा डुबेर मृत्यु भएको हो ।
सोही ठाउँस्थित रहेको सिँचाइको पानी ट्यांकीमा नुहाउने क्रममा डुब्दा अवस्था जटिल बनेको उनीहरुको जिल्ला अस्पताल बझाङ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।