Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

पहिरोका कारण अवरुद्ध बुटवल–तानसेन सडक खुल्यो

पहिरोका कारण अवरुद्ध बुटवल–तानसेन सडक खुल्यो

  • सोमवार, श्रावण ५ २०७७

  • 1.0K
    SHARES

  • पहिरोका कारण अवरुद्ध बुटवल–तानसेन सडक खुल्यो

    बुटवल । लगातारको वर्षापछि खसेको पहिरोका कारण अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग अन्तरगतको बुटवल–तानसेन सडक खण्ड पन्ध्र घण्टापछि सञ्चालनमा आएको छ । तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै गएराति आठ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।

    आज बिहानदेखि दुईवटा एक्साभेटर र लोडरले पहिरो हटाएपछि आज दिउँसोदेखि सवारी साधन चल्न थालेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन गिरीले जानकारी दिनुभयो ।

    उक्त स्थानमा एक सातादेखि पहिरो खस्न शुरु भएको थियो । शुक्रबार राति ठूलो मात्रामा खसेको पहिरोले दुई दिन सवारी साधन सञ्चालन सकेको थिएन भने पैदल यात्रासमेत ठप्प भएको थियो ।

    हिजो सडक खुलेको तीन घण्टापछि पुनः पहिरो खसेर सडक अवरुद्ध भएको थियो । बीचबाटोमै रोकिएका सवारीसाधान सडक खुलेसँगै गन्तव्यतर्फ लागेका डीएसपी गिरीले बताउनुभयो ।


    सोमवार, श्रावण ५ २०७७०१:२८:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij