Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सिंगटी हाइड्रोले यसरी गर्यो आइपिओ बाँडफाँड

सिंगटी हाइड्रोले यसरी गर्यो आइपिओ बाँडफाँड

  • मंगलवार, चैत्र ३१ २०७७

  • 720
    SHARES

  • सिंगटी हाइड्रोले यसरी गर्यो आइपिओ बाँडफाँड

    काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्कासन गरेको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले आज कम्पनीको आइपिओ बाँडफाँड गरेको हो ।

    आइपिओमा १५ लाख ६५ हजार ५३० आवेदकबाट २ करोड २८ लाख ४९ हजार ६७० कित्ता माग भएको थियो । जसमध्ये दोहोरो आवेदनलगायत भेरिफाइ गर्दा ५ हजार ७२८ आवेदकको आवेदन रद्द भएको र १५ लाख ५९ हजार ८०२ को आवेदन योग्य भएको मेगा क्यापिटलले जनाएको छ ।

    योग्य आवेदकबाट मेगा क्यापिटले धितोपत्र निष्कासन तथा बाँडफाँड नियमावलीअनुसार न्यूनतम १० कित्ता पुगेसम्म र नपुगेमा गोलाप्रथाबाट १० कित्ताको दरले बाँडफाँड गर्नुपर्ने व्यवस्था छ । सोहीअनुसार गोलाप्रथाबाट सर्वसाधारणलाई निष्कासन भएको २६ लाख ९७ हजार कित्ताको सेयर २ लाख ६९ हजार ७०० जनालाई समान १० कित्ताको दरले बाँडफाँड भएको छ । कुल योग्य आवेदकमध्ये १२ लाख ९५ हजार ८३० जना आवेदकको हात खाली भएको छ ।

    कम्पनीले चैत ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा २९ लाख कित्ता आइपिओ बिक्री खुला गरेको थियो । त्यसमध्ये ५ प्रतिशत (१ लाख ५४ हजार कित्ता) सेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत (५८ हजार कित्ता) सेयर कर्मचारीका लागि बाँडफाँड गरिएको छ । बाँकी २६ लाख ९७ हजार कित्ता नागरिकका लागि बिक्री खुला गरेको थियो ।

    २६ लाख ९७ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयलाई १४ लाख ५० हजार कित्ता सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ ।

     


    मंगलवार, चैत्र ३१ २०७७०२:५१:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij