Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सत्ता समिकरण ओलीसँगै हुने सम्भावना बलियो : नेता कर्ण

सत्ता समिकरण ओलीसँगै हुने सम्भावना बलियो : नेता कर्ण

रेशम चौधरीलाई माफी दिन सरकारले प्रक्रिया बढायो
  • मंगलवार, चैत्र ३१ २०७७

  • 734
    SHARES

  • सत्ता समिकरण ओलीसँगै हुने सम्भावना बलियो : नेता कर्ण

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता लक्ष्मण लाल कर्णले सरकारसँग सत्ता समिकरणबारे बृहत छलफल भइरहेको खुलासा गर्नुभएको छ ।

    उहाँले सरकारसँग सकारात्मक वार्ता भइरहेकाले अबको केही दिनमा सत्ता समिकरणको विषयमा ठोस निर्णय राष्ट्रले पाउने खुलासा गर्नुभएको हो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता कर्णले सरकार र जसपाबीच सहकार्य गर्नेबारे बिस्तृतरुपमा वार्ता भइरहेको उल्लेख गर्दै ओलीलाई नै सर्मथन गर्ने संकेत गर्नुभएको हो ।

    काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न नभएर चुनावको पक्षमा लाग्नुभएको नेता कर्णको आरोप छ । उहाँले देउवाले प्रतिनिधिसभा विघटनका बेला पनि चुनावकै पक्षमा आन्दोलन गरेको बताउदैं अहिले पनि उनी प्रधानमन्त्री बन्ने दाउमा नरहेको दावी गर्नुभएको छ ।

    रेशम चौधरी निर्दोष रहेकाले उनको रिहाईलाई जसपाले मुद्धाकारुपमा अघि बढाएको नेता कर्णको भनाइ छ । सर्वोच्च अदालतले चौधरीको मुद्धामा उचित निर्णय लिने बिश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ ।

    यता, ज्यान मुद्दामा अदालतबाट जन्मकैद ठहर भएका रेशमलाल चौधरीको सजाय माफीका लागि सरकारले प्रक्रिया अगाडि बढाएको छ ।
    जनता समाजवादी पार्टीले निवेदन दिएपछि सरकारले कैद सजाय माफी दिने प्रक्रिया अघि बढाएको हो ।

    कर्तव्य ज्यान मुद्दामा चौधरीलगायतलाई जिल्ला अदालत कैलालीले जन्मकैद ठहर गरेको थियो । उच्च अदालत दिपायलले समेत जिल्ला अदालतको फैसला सदर गरेको थियो । चौधरी २०७४ फागुन १४ देखि अनुसन्धानका लागि थुनामा छन् । अदालतको फैसला अनुसार चौधरी २०९४ फागुन १३ सम्म थुनामा रहनुपर्छ ।

    जिल्ला अदालतको आदेशविरुद्ध चौधरीले उच्च अदालत दिपायलमा आफू छुट्न पाउनुपर्ने दाबीसहित निवेदन दर्ता गरेका थिए । उच्च अदालतले जिल्ला अदालत कैलालीकै निर्णय सदर गर्दै उनलाई थुनामुक्त गर्न नमिल्ने आदेश दिएको थियो ।

    जिल्ला र उच्च अदालतको निर्णयविरुद्ध चौधरीले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । जिल्ला र उच्च अदालतको आदेश नमिलेको र बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने दाबीसहित चौधरीले गत असार ५ मा सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता गरेका हुन् । मुद्दा सर्वोच्चमा विचाराधीन छ ।


    मंगलवार, चैत्र ३१ २०७७०६:५८:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij