Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमण उच्च रहेका स्थानका शैक्षिक संस्था बन्द हुन सक्छन् : डा. गौतम

कोरोना संक्रमण उच्च रहेका स्थानका शैक्षिक संस्था बन्द हुन सक्छन् : डा. गौतम

  • सोमवार, चैत्र ३० २०७७

  • 811
    SHARES

  • कोरोना संक्रमण उच्च रहेका स्थानका शैक्षिक संस्था बन्द हुन सक्छन् : डा. गौतम

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विद्यालय नभई कोरोनाभाइरसको संक्रमण दर उच्च रहेका स्थानका शैक्षिक संस्था बन्द गर्ने बताउनुभएको छ ।

    उहाँले काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा, विरगंजलगायतका ठाउँमा कोरोना संक्रमण दर उच्च रहेकाले ती ठाउँका शैक्षिक संस्था बन्द गर्नुपर्ने अवस्था आउनसक्ने प्रष्ट पार्नुभएको छ ।

    कोरोनाभाइरसको संक्रमण भयावह बन्न सक्ने भन्दै शैक्षिक संस्था बन्द गर्नेबारे सोचको उहाँले बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा.गौतमले कोरोनाको दोस्रो चरणको संक्रमण किशोरकिशोरी समूहमा बढी देखिएकाले पनि शैक्षिक संस्था बन्द गर्नेबारे सरकार अग्रसर बनेको उल्लेख गर्नुभयो ।

    सरकारले निर्धारण गरेका स्वास्थ्य मापदण्डहरुको पालना नगर्ने व्यक्तिहरुलाई कारबाही गरिने पनि उहाँले जानकारी दिनुभएको छ ।

    डा.गौतमले बाहिर निस्कदा मास्कको अनिवार्य प्रयोग, बेला बेला स्यानिटाइजरको प्रयोग गर्न पनि अनुरोध गर्नुएको छ ।


    सोमवार, चैत्र ३० २०७७०७:०४:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij