Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

ओलीलाई रावलको प्रश्न, ‘तक्माको नक्सामा लिम्पियाधुरा नराख्नुको आशय के ?’

ओलीलाई रावलको प्रश्न, ‘तक्माको नक्सामा लिम्पियाधुरा नराख्नुको आशय के ?’

  • शनिवार, चैत्र २८ २०७७

  • 994
    SHARES

  • ओलीलाई रावलको प्रश्न, ‘तक्माको नक्सामा लिम्पियाधुरा नराख्नुको आशय के ?’

    काठमाडौं । नेकपा (एमाले)मा निलम्बनमा परेका नेता डा. भीम रावलले राष्ट्रपतिबाट प्रदान गरिएको तक्मामा अंकित नक्सामा लिम्पियाधुरालगायतका लिपुलेक र कालापानी क्षेत्रका भू–भाग नसमेटिएकोमा आपत्ति जनाउनुभएको छ ।

    आज सामाजिक सञ्जालमार्फत नेता रावलले दार्चुलाका लिम्पियाधुरालगायत क्षेत्र नक्सामा नराखिनुको आशयबारे प्रधानमन्त्री केपी शर्मा ओलीले तुरुन्त जवाफ दिनुपर्ने बताउनुभएको छ ।

    तक्मामा नयाँ नक्साका भाग नसमेटिनुमा भारतीय गुप्तचर संस्थाले प्रधानमन्त्री ओलीलाई बालुवाटारमा गएरै मध्यराति भेट्नुको रहस्य हुनसक्ने रावलको आशंका छ ।

    ‘राष्ट्रियताको भावनाका साथ प्रदान गरिने तक्मामा अंकित नेपालको नक्सामा दार्चुला जिल्लाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नराखिनुको आशय के हो ?’, ट्विटरमा उहाँले प्रश्न गर्नुभएको छ, ‘प्रधानमन्त्रीले तुरुन्त जवाफ दिनुपर्छ । यसो हुनुको कारण कतै वालुवाटारमा प्रधानमन्त्रीको विदेशी गुप्तचर समेतका व्यक्तिहरूसँगको मन्त्रणा त होइन ?’

    शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न व्यक्तिहरुलाई प्रदान गरेको तक्मामा रहेको नेपालको नक्सामा गत वर्ष नेपालले जारी गरेको नयाँ नक्सामा समावेश गरिएका तीन ठाउँ समावेश गरिएको थिएन । यसको सर्वत्र आलोचना भइरहेको छ ।

    Capture.PNG


    शनिवार, चैत्र २८ २०७७०३:१९:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij