Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

लकडाउनसँगै बन्द गरिएको सवारी लाइसेन्स प्रक्रिया अझै दुई महिना नखुल्ने

लकडाउनसँगै बन्द गरिएको सवारी लाइसेन्स प्रक्रिया अझै दुई महिना नखुल्ने

  • आइतवार, श्रावण ४ २०७७

  • 1.3K
    SHARES

  • लकडाउनसँगै बन्द गरिएको सवारी लाइसेन्स प्रक्रिया अझै दुई महिना नखुल्ने

    काठमाडौं । सवारी चालक अनुमती पत्र (लाइसेन्स)को प्रक्रिया अझै करिब दुई महिनासम्म सुरु नहुने भएको छ । गत चैत ११ गतेदेखि कोभिड–१९ का कारण लकडाउन भएदेखि बन्द गरिएको नयाँ लाइसेन्स प्रक्रिया अझै दुई महिनासम्म नखुल्ने यातायाता व्यवस्था विभागले जनाएको छ ।

    विभागका महानिर्देशक गोगनबहादुर हमालले नयाँ चालक अनुमतीपत्र जारी गर्ने, वर्ग थप गर्ने कार्य अझै आगामी दुई महिनासम्म नहुने बताउनुभयो ।

    विभागले ट्रायल पास उपभोक्ताको लाइसेन्स वितरण भने सुरु गरिसकेको छ । बागमती प्रदेशका कार्यालयहरुलाई विभागले सन् २०१९ मा ट्रायल पास भएकाको लाइसेन्स वितरण सुरु गरेको हो । बागमती प्रदेशबाहेक अन्य प्रदेशमा भने सार्वजनिक यातायात सञ्चालन भएकाले पठाउन नसकिएको विभागले जनाएको छ ।

    बागमती बाहेक अन्यको सन् २०१९ मा आवेदन दिएकाको पनि लाइसेन्स छपाई सकिन लागेको विभागले जनाएको छ ।


    आइतवार, श्रावण ४ २०७७०४:१४:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij