Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

करिब ९० प्रतिशतले घट्यो नेपाल एयरलाइन्सको आय, वार्षिक ५ करोड जोगिने भन्दै हटायो १४५ कर्मचारी

करिब ९० प्रतिशतले घट्यो नेपाल एयरलाइन्सको आय, वार्षिक ५ करोड जोगिने भन्दै हटायो १४५ कर्मचारी

  • आइतवार, श्रावण ४ २०७७

  • 653
    SHARES

  • करिब ९० प्रतिशतले घट्यो नेपाल एयरलाइन्सको आय, वार्षिक ५ करोड जोगिने भन्दै हटायो १४५ कर्मचारी

    काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले करिब ९० प्रतिशतले आय घटेको जनाएको छ । निगमले आइतबार सञ्चारकर्मीहरुसँगको छलफलमा लकडाउनका कारण उडान प्रभावित हुँदा करिब ९० प्रतिशतले आय घटेको जनाएको हो ।

    आन्तरिक उडान समेत बन्द गर्नुपरेको अवस्थामा निगमलाई बचाइराख्न खर्च कटौतीमा हरसम्भव प्रयास गरिएको पनि निगमले जनाएको छ ।
    सोहीअनुसार निगमले असार मसान्तमा करार अवधि समाप्त भएका २२५ कर्मचारीमध्ये तत्काल आवश्यक रहेका ८० जनाको नवीकरण गरी बाँकी १४५ जनालाई हटाएको छ ।

    यसबाट मात्र निगमले वार्षिक रुपमा करिब ५ करोड रुपैयाँ जोगिने जनाएको छ । निगमले कोरोनाभाइरस नियन्त्रण भइ अवस्था सामान्य बन्दै गएमा र कर्मचारीको आवश्यकता परेमा उनीहरुलाई नै प्रथमिकता दिने पनि स्पष्ट पारेको छ ।


    आइतवार, श्रावण ४ २०७७०४:०१:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij