Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

नेपाल–खनाल समूहको सुदूरपश्चिमका ९ जिल्लामा समानान्तर कमिटी गठन

नेपाल–खनाल समूहको सुदूरपश्चिमका ९ जिल्लामा समानान्तर कमिटी गठन

  • बुधवार, चैत्र २५ २०७७

  • 745
    SHARES

  • नेपाल–खनाल समूहको सुदूरपश्चिमका ९ जिल्लामा समानान्तर कमिटी गठन

    काठमाडौं । नेकपा एमालेको नेपाल–खनाल समूहले सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा समानान्तर कमिटि बनाएको छ ।

    नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहका नेता भीम रावलको सक्रियतामा ९ जिल्लामा आज समानान्तर कमिटि गठन भएको हो । ६ जिल्लामा यसअघि नै सो समूहका अध्यक्ष थिए ।

    समानान्तर कमिटिको अध्यक्षमा क्रमशः डडेल्धुरामा डा.तारा जोशी, डोटीमा चक्र मल्ल, बझाङमा दिलबहादुर सिंह, बैतडीमा महादेव भट्ट र बाजुरामा गगन रावल चयन भएको नेता भीम रावलले जानकारी दिनुभएको छ ।

    दार्चुलामा यसअघि उपसचिव रहेका ज्ञानेन्द्र घर्ती समानान्तर कमिटिको अध्यक्ष बन्नुभएको छ । यस्तै, अछाममा समानान्तर कमिटिको अध्यक्ष शेरबहादुर कुँवर बन्नुभएको छ ।


    बुधवार, चैत्र २५ २०७७०६:५६:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij