Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

बिस्केट जात्रा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

बिस्केट जात्रा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

  • बुधवार, चैत्र २५ २०७७

  • 1.2K
    SHARES

  • बिस्केट जात्रा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौं । सर्वोच्च अदालतले भक्तपुरमा नयाँ वर्षमा मनाइने बिस्केट जात्रा नरोक्न अन्तरिम आदेश जारी गरेको छ ।

    भक्तपुरका स्थानीय बासिन्दा एवं अधिवक्ता राजकुमार सुवालले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले जात्रा रोक्ने निर्णय कार्यान्वयन नगर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरलाई आदेश दिएको हो ।

    प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले कोरोना संक्रमण बढेको भन्दै जात्रा गर्न नदिने निर्णय गरेको थियो ।

    उक्त निर्णयविरुद्ध हिजो परेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले जात्रा सञ्चालन गर्न भनेको हो । जात्रा रोक्ने प्रशासनको निर्णयप्रति भक्तपुरका स्थानीय बासिन्दा एवं गुठियारहरु आक्रोशित थिए ।

    सर्वोच्चले उक्त निर्णय गर्नुपर्नाको कारणसमेत पेस गर्न भनेको छ ।

    यस्तै, भक्तपुर नगरपालिकाले आज शान्तिपूर्ण र कोरोनाबाट बच्न होसियारी पूर्वक जात्रा चलाउने निर्णय गरेको छ ।

    नगरपालिको सरोकारवालहरुसँग छलफल गरेर रथ तान्ने र लिंगो ठ्ड्याउने परम्परालाई यस वर्ष पनि निरन्तरता दिने निर्णय गरेको हो ।

    भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले आह्वान गरेको बैठकमा गुठियार, स्थानीय बासिन्दा सहभागी थिए ।


    बुधवार, चैत्र २५ २०७७०६:३३:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij