Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

डढेलो नियन्त्रण गर्ने प्रर्याप्त उपकरण नहुँदा वायु प्रदूषण बढ्यो : पोखरेल

डढेलो नियन्त्रण गर्ने प्रर्याप्त उपकरण नहुँदा वायु प्रदूषण बढ्यो : पोखरेल

  • बुधवार, चैत्र २५ २०७७

  • 870
    SHARES

  • डढेलो नियन्त्रण गर्ने प्रर्याप्त उपकरण नहुँदा वायु प्रदूषण बढ्यो : पोखरेल

    काठमाडौं । गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले डढेलो मात्रै वायु प्रदूषण मुख्य कारक नभएको बताउनुभएको छ ।

    उहाँले डढेलोभन्दा पहिलेपनि नेपालको वायु प्रदुषण उच्च रहने गरेको उल्लेख गर्दै डढेलो मात्र प्रदुषणको मुख्य कारण नभएको बताउनुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले सडकको जथाभावी विस्तारलगायतका कारणले गर्दा पनि वायु प्रदुषण बढेको प्रष्ट पार्नुभएको छ ।

    कार्यकारी प्रमुख पोखरेलले तीनै तहका सरकार मिलेर वायु प्रदुषण कसरी कम गर्ने भन्नेबारे बिस्तृत छलफल गरेपनि डढेलो नियन्त्रण गर्न नसकिएको उल्लेख गर्नुभएको छ ।

    उहाँले नेपालमा डढेलो नियन्त्रण गर्ने प्रर्याप्त उपकरण नहुँदा पनि वायु प्रदुषण बढेको स्पष्ट पार्नुभयो ।

    आगलागी नियन्त्रणका लागि हेलिकोप्टर ल्याउने विषयमा पनि सरकारसँग छलफल भइरहेको कार्यकारी प्रमुख पोखरेलले जानकारी दिनुभएको छ ।


    बुधवार, चैत्र २५ २०७७०७:०२:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij