Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रले ग¥यो मन्त्री रहेका चार सांसदलाई कारबाही, गृहमन्त्री थापा भने बाँकी (पत्रसहित)

माओवादी केन्द्रले ग¥यो मन्त्री रहेका चार सांसदलाई कारबाही, गृहमन्त्री थापा भने बाँकी (पत्रसहित)

  • मंगलवार, चैत्र २४ २०७७

  • 1.9K
    SHARES

  • माओवादी केन्द्रले ग¥यो मन्त्री रहेका चार सांसदलाई कारबाही, गृहमन्त्री थापा भने बाँकी (पत्रसहित)

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका मन्त्रीहरुलाई कारबाही गरेको निर्णय संघीय संसद् सचिवालयमा बुझाएको छ ।

    माओवादी केन्द्रले प्रतिनिधिसभा सदस्य रहेका मन्त्रीहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी र प्रभु साह सांसद नरहेको जानकारी गराएको हो । राष्ट्रियसभा सदस्य रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भने कारबाही गरिएको छैन ।

    माओवादीका तर्फबाट ओली नेतृत्वको सरकारमा भट्ट उद्योगमन्त्री, रायमाझी ऊर्जामन्त्री, चौधरी श्रममन्त्री र साह सहरी विकासमन्त्री छन् ।

    सत्तारुढ दल नेकपा विभाजित भएपछि माओवादी केन्द्र प्रधानमन्त्री ओलीसँग असन्तुष्ट छ । तर, सोही पार्टीका सांसद हुँदै मन्त्री बनेकाहरुले ओलीलाई साथ दिएपछि कारबाही गरिएको हो ।

    mawobadi.jpg

     


    मंगलवार, चैत्र २४ २०७७०४:०५:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij