Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

अनेरास्ववियुका तीन नेता कारबाहीमा, यस्तो छ आरोप ?

अनेरास्ववियुका तीन नेता कारबाहीमा, यस्तो छ आरोप ?

  • मंगलवार, चैत्र २४ २०७७

  • 1.0K
    SHARES

  • अनेरास्ववियुका तीन नेता कारबाहीमा, यस्तो छ आरोप ?

    काठमाडौं । नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुका तीन जना निवर्तमान सचिवलाई प्रधानमन्त्री केपी शर्मा ओली पक्षले कारबाही गरेको छ।

    अनेरास्ववियूका अध्यक्ष ऐन महरले तीन जना निवर्तमान सचिव आरती लामा, वसिम आलम र सुदेश पराजुलीलाई कारबाही गर्नु भएको छ । तीनै जनालाई अनेरास्ववियुको साधारण सदस्यबाट समेत निष्कासन गरिएको अध्यक्ष महरले जनाउनुभएको छ ।

    अनेरास्ववियुअध्यक्ष महर ओली पक्षका हुनुहुन्छ । लामा, आलम र पराजुली एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका हुनुहुन्छ ।
    लामासहितका नेताहरूले १० चैतमा अनेरास्ववियुको समानान्तर कमिटी गठन गरेका थिए । जसमा पराजुली अध्यक्ष, आलम सह–अध्यक्ष र लामा महासचिव रहेका थिए ।

    त्यसपछि अध्यक्ष महरले स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरणको जवाफ नदिएपछि कारबाही गरिएको महरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    अध्यक्ष महरले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संगठनको निर्देशनलाई अटेर र घोर अपमान गरी स्पष्टीकरण नदिएकाले उहाँहरूलाई संगठनको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ ।’

     


    मंगलवार, चैत्र २४ २०७७१२:३५:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij