काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा.अनुप बास्तोलाले नेपालमा कोरोनाभाइरसका संक्रमित बढ्ने सम्भावना रहेको खुलासा गर्नुभएको छ ।
उहाँले आगामी दिनमा संक्रमितको संख्या हेरर लकडाउन अपनाउन सकिने पनि उहाँले जानकारी दिनुभएको छ ।
डा.बास्तोलाले कोरोनाको दोस्रो लहर भित्रिएपछि देशमा संक्रमितको संख्या उच्च हुनसक्ने भन्दै स्वास्थ्य सावधानी अपनाउन सबैमा आग्रह गर्नुभएको हो ।
कोरोना संक्रमण लापरवाहीले झन् बढेको बताउदैं डा.बास्तोलाले आम नागरिकले सावधानी नअपनाउँदासम्म सरकार एक्लैले संक्रमण रोक्न नसक्ने उल्लेख गर्नुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले भन्नुुभयो,‘सरकार एक्लैले कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सक्दैँन, यसमा आम सर्वसाधारणको साथ चाहिन्छ । त्यसैले स्वास्थ्य सावधानी अपनाउनु संक्रमण रोक्ने मुख्य उपाय हो ।’
भारतमा कोरोनाभाइरसको दोस्रो लहरको महामारी धेरै बढेकाले नेपालका सीमानाकामा उच्च सर्तकता र चेकजाँचमा ध्यान दिनुपर्ने डा.बास्तोलाको भनाइ छ ।