Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images
खनाल-नेपाल समूहको समानान्तर जिल्ला कमिटी घोषणा

काठमाडौँमा एमाले फुट्यो

काठमाडौँमा एमाले फुट्यो

  • आइतवार, चैत्र २२ २०७७

  • 1.4K
    SHARES

  • काठमाडौँमा एमाले फुट्यो

    काठमाडौँ – नेकपा एमालेको माधव नेपाल पक्षले संघीय राजधानी काठमाडौँमा समानान्तर जिल्ला कमिटी घोषणा गरेको छ।

    आइतबार काठमाडौँमा भएको भेलाले बसन्त मानन्धरको अध्यक्षतामा समानान्तर जिल्ला कमिटी घोषणा गरेको हो ।

    बागमती प्रदेशका प्रदेशसभा सदस्य तथा एमाले केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य समेत रहेका मानन्धर पुस ७ गते साबिक नेकपा विभाजनपछि प्रचण्ड–माधव पक्षीय नेकपाको पनि जिल्ला अध्यक्ष भएका थिए।

    यस्तै, सचिवमा कुसुम कार्की र उपसचिवमा लक्ष्मीप्रसाद श्रेष्ठ छानिएका छन् । उपाध्यक्ष सापकोटा काठमाडौँ १४ वडा कि वडाध्यक्ष हुन् । समानान्तर कमिटीमा २ सय २५ जना सदस्य छन्।


    आइतवार, चैत्र २२ २०७७०५:३८:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij