एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनले आज ट्विट गर्दै आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।
संक्रमण पुष्टि भएपछि अहिले आफूले सबै नियम पालन गर्दै आइसोलेसनमा बसेको अक्षयले जानकारी दिएका छन् ।
आफूले सबै प्रोटोकलहरु पालना गर्दा पनि कोरोना पोजेटिभ देखिएको उनले बताएका छन् ।
‘एका बिहानै म सबैलाई यो जानकारी दिन चाहान्छु । सबै सबै प्रोटोकलहरु पालना गर्दैगर्दा पनि मलाई कोभिड–१९ पोनेटिभ देखिएको छ’, उनले लेखेका छन्, ‘म अहिले होम क्वारेन्टाइनमा स्वास्थ्यकर्मीको रेखदेखमा रहेको छु ।’
पछिल्लो समय आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न र सचेत रहन अक्षयले आग्रह गरेका छन् ।
‘आफू छिट्टै कोरोनामुक्त भएर काममा फर्किने विश्वास मेरो छ’, उनले भनेका छन् ।
विश्वकै दोस्रो ठूलो चलचित्र उद्योग बलिउडका दर्जनौं कलाकर्मी कोरोना संक्रमणको चपेटामा परिसकेका छन् । सुपरस्टार अमिताभ बच्चनसहित उनका परिवारका अधिकांश सदस्यलाई पनि कोरोना संक्रमण भएको थियो ।
