Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

नेकपा स्थायी समिति बैठक अगाडी ओली इतर समुहको खुमलटार भेला

नेकपा स्थायी समिति बैठक अगाडी ओली इतर समुहको खुमलटार भेला

  • आइतवार, श्रावण ४ २०७७

  • 847
    SHARES

  • नेकपा स्थायी समिति बैठक अगाडी ओली इतर समुहको खुमलटार भेला

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकटका नेताहरु स्थायी समिति बैठक अगाडी छलफलमा जुटेका छन् । ५ जना सचिवालय सदस्य सहित केही स्थायी समितिका नेताहरू प्रचण्ड निबास खुमलटार पुगेका हुन् । अहिले जारी छलफलमा नेकपा अध्यक्ष प्रचण्डसहित, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी रहेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

    त्यसैगरी भीम रावल, रघुजी पन्त, वर्षमान पुन, जनार्दन शर्मा, गोकर्ण विष्ट, मात्रिका यावद लगायतका स्थायी समिति सदस्यहरू पनि छलफलमा उपस्थित छन् । तर अर्का सचिवालय सदस्य रामबहादुर थापा बादललाई छलफलमा बोलाइए पनि हालसम्म उपस्थित नभएको प्रचण्डको सचिवालयले जनाएको छ । शनिबारको सचिवालयमा भएका छलफल, त्यसअघि अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच भएको छलफलकाबारेमा समीक्षा गर्न नेताहरू जुटेको एक स्थायी समति सदस्यले बताए । लगातार स्थगित गरिएको स्थायी समिति बैठक आज दिउँसो ३ बजेका लागि तय भएको छ ।

    शनिबार बसेको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आत्मआलोचना गरी अहिले कुनै विवाद नगर्न र जतिसक्दो छिटो महाधिवेशन गएर सबै छिनोफनो गर्ने प्रस्ताव गरेका थिए।

    शनिबार बेलुका प्रचण्डकी स्वकिय सचिव गंगा दाहालले ओलीसँग अर्का अध्यक्षको छलफल मात्रै भएको तर कुनै सहमति नभएको भन्दै गलत प्रचारबाजी नगर्न आग्रह गरेकी थिइन् ।


    आइतवार, श्रावण ४ २०७७१२:२३:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij