Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीले गरे एकैदिन १६५ वटा सडक शिलान्यास

प्रधानमन्त्रीले गरे एकैदिन १६५ वटा सडक शिलान्यास

  • शनिवार, चैत्र २१ २०७७

  • 1.2K
    SHARES

  • प्रधानमन्त्रीले गरे एकैदिन १६५ वटा सडक शिलान्यास

    काठमाडौं । आज एकैपटक १ सय ६५ वटा सडकको शिलान्यास भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले केहीबेरअघि बालुवाटारस्थित निवासबाटै सडक शिलान्यास गर्नुभएको हो ।

    बालुवाटारमा आयोजित विशेष कार्यक्रममा स्वीच अन गर्दै प्रधानमन्त्री ओलीले सडक सञ्जालको शुभारम्भ गर्नुभएको हो ।
    हरेक निर्वाचन क्षेत्रमा एक–एकवटा सडकको दरले शिलान्यास भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्री ओलीले मदन भण्डारी राजमार्गको धरान–बाहुनडाँगी खण्डमा बन्ने ३१ वटा पुलको पनि एकैपटक शिलान्यास गर्नुभएको थियो ।

    सांसदहरुले ठूलो दरमा स्थानीय पूर्वाधार विकास कार्यक्रममा बजेट मागेपछि चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले एक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने गरी कार्यक्रम ल्याएको थियो ।

    सरकारले प्रत्येक निर्वाचन क्षत्रेमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड बजेट छुट्याएको छ ।

     


    शनिवार, चैत्र २१ २०७७१२:०४:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij