Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

एमाले बनाउन माधव नेपालको पनि अरु नेताकोभन्दा कम भूमिका छैन : रिजाल

एमाले बनाउन माधव नेपालको पनि अरु नेताकोभन्दा कम भूमिका छैन : रिजाल

  • शनिवार, चैत्र २१ २०७७

  • 1.0K
    SHARES

  • एमाले बनाउन माधव नेपालको पनि अरु नेताकोभन्दा कम भूमिका छैन  :  रिजाल

    काठमाडौं । नेकपा (एमाले)का नेता बिष्णु रिजालले नेकपा एमाले विभाजन नहुने दावी गर्नुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पार्टीभित्रको विवाद छलफल र आन्तरिक संघर्षबाट हल हुँदै जाने बताउदैँ उहाँले एमाले विभाजन नहुने स्पष्ट पार्नुभयो ।

    एमाले पार्टी बनाउन माधव नेपालको अरु नेताकोभन्दा कम भुमिका नरहेको उल्लेख गर्दै नेता रिजालले पार्टी विभाजन नगर्न नेपालले उचित निर्णय लिने बिश्वास व्यक्त गर्नुभएको छ ।

    उहाँले एमालेको एकता र आगामी भविष्य पार्टीका अध्यक्ष केपी शर्मा ओलीको हातमा रहेको प्रष्ट पार्नुभयो ।

    एमाले पार्टी कानुनी र राजनीतिक कुनैपनिरुपमा नफुटेको दावी गर्दै उहाँले अध्यक्ष ओलीको एक कदमले पार्टीको एकता र भविष्य तय गर्ने उल्लेख गर्नुभएको छ ।


    शनिवार, चैत्र २१ २०७७०६:४८:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij