काठमाडौं । लोक तथा दोहोरी गायक कुशल बेलवासेको ‘सनिसार’ बजारमा आएको छ । केहि दिन अगाडि बजारमा आएको गीतमा गायक बेलबासंसँगै गायिका पूर्णकला बि.सीको आवाज रहेको छ ।
गायक स्वयम् बेलबासेको शब्द संगीत रहेको गीतमाजातीय भेदभाव तथा छुवाछूतलाई मुख्य विषय बनाइएको छ । गीतमा कलाकार शिशिर पौडेल र सारिका के.सीको जीवन्त अभिनय रहेको छ ।
भिडियोलाई निर्देशन प्रकाश भट्टले गरेका हुन् भने छायांकन नबराज उप्रेती र सम्पादन बिष्णु शर्माले गरेका छन् । गीतलाई कलाकार शिशिर पौडेलको अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको हो ।