एजेन्सी । बलिउड अभिनेता एजाज खान लागू औषध मुद्दामा पक्राउ परेका छन् । उनलाई मंगलबार साँझ मुम्बई एयरपोर्टबाट पक्राउ हो ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार नार्कोटिक्स कन्ट्रोल ब्यूरोले उनलाई लागूऔषध मुद्दामा ८ घण्टासम्म सोधपुछ गरेपछि सक्राउ गरेको हो । उनी पक्राउ परेपछि ब्यूरोले मुम्बईका दुई स्थानमा छापा मारेको थियो ।
अभिनेता खान प्रायः विवादस्पद अभिव्यक्ति दिइरहन्छ र पक्राउ पनि परिरहन्छन् ।
यसअघि पनि सन् २०१८ मा उनी मानहानी, अभद्र भाषाको प्रयोगलगायतका आरोपमा पक्राउ परेका थिए ।