Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

म्यानमारका जनताको जीवन बचाउन संसार एक हुनुपर्छ : पहाडी

म्यानमारका जनताको जीवन बचाउन संसार एक हुनुपर्छ : पहाडी

  • बुधवार, चैत्र १८ २०७७

  • 648
    SHARES

  • म्यानमारका जनताको जीवन बचाउन संसार एक हुनुपर्छ : पहाडी

    काठमाडौं । मानवअधिकारकर्मी कृष्ण पहाडीले म्यानमारमा भएको सैन्य ‘कू’विरद्ध संयुक्त राष्ट्र संघले कडा कदम चाल्नुपर्ने धारणा राख्नुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले म्यानमारका जनताको जीवन बचाउन संयुक्त राष्ट्र संघसँगै संसार एक हुनुपर्ने बताउनुभयो ।

    पहाडीले मानवताविरुद्धको कुनै पनि अपराधमा सरकार चुप लागेर बस्न नहुने पनि उल्लेख गर्नुभएको छ । उहाँले सैन्य ‘कू’ ले बिश्व शान्तिका धेरै मापदण्डको उल्लंघन गरेकाले त्यसकाविरुद्ध सिंगो संसार एक हुनुपर्ने तर्क गर्नुभयो ।

    देशमा कसले शासन गर्ने भन्ने निर्धारण जनताको भएकाले अत्याचारविरुद्ध सबै लड्नुपर्ने पहाडीले स्पष्ट पार्नुभएको छ ।


    बुधवार, चैत्र १८ २०७७०६:४२:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij