Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

भोलिदेखि चारदिनसम्म भीषण वर्षा हुने मौसमविदको प्रक्षेपणः उच्च सतर्कता अपनाउन चेतावनी

भोलिदेखि चारदिनसम्म भीषण वर्षा हुने मौसमविदको प्रक्षेपणः उच्च सतर्कता अपनाउन चेतावनी

  • शनिवार, श्रावण ३ २०७७

  • 988
    SHARES

  • भोलिदेखि चारदिनसम्म भीषण वर्षा हुने मौसमविदको प्रक्षेपणः उच्च सतर्कता अपनाउन चेतावनी

    काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुवानले जनधनको ठूलो क्षति गरेको एक साता नहुँदै मौसमविदहरुले भोलिदेखि फेरि भीषण वर्षा हुने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । भोलि बेलुकादेखि लगातार चार दिनसम्म भारी वर्षा हुने भएकोले नदी तटीय र पहिरो तथा डुवानको खतरा रहेको क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन चेतावनी जारी गरिएको हो ।

    भोलि बेलुकीदेखि मनसुन सक्रिय हुन लागेकाले देशभरी नै झरी पर्ने र केही ठाउँमा निकै ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै आवश्यक पूर्वतयारी र विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ । जल तथा मौसम विज्ञान विभागका महानिर्देशन सुरज कुमार वैद्यले आउँदो बुधबारसम्म मनसुन निकै सक्रिय हुने बताउनुभयो । लगातार भीषण वर्षा हुँदा बाढी र पहिरोको जोखिम भएकाले आवश्यक पूर्वतयारी र सावधानी अपनाउन उहाँले सुझाव दिनुभयो ।

    जल तथा मौसम विज्ञान विभागले यसअघि पनि असार २५ देखि २९ सम्म भारी वर्षा हुने र त्यसले बाढी पहिरो आउन सक्ने पूर्वानुमान गरेको थियो । सो अवधिमा विभिन्न क्षेत्रमा भारी वर्षा हुँदा ठूलो जनधनको क्षति भएको छ । विपद्को घाउ आलै रहेका बेला भोलिदेखि फेरि भीषण वर्षा हुने प्रक्षेपण मौसमविदले गरेका छन् । यसअघि धेरै पानी परिसकेकाले अब थोरै पानी पर्दा पनि छिट्टै पहिरो खस्न सक्ने खतरा हुने भएकोले निकै नै सावधानी अपनाउन भूगर्वविद शिव बास्कोटाले आग्रह गर्नुभयो । उहाँले लगातारको पानीले माटो गलेका कारण अब सानो पानी पर्दा समेत पहिरो खस्ने सम्भावना उच्च हुने बताउनुभयो ।

    मुख्यगरी प्रदेश १, २, ५, वाग्मती, गण्डकीका केही स्थानमा र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा केही स्थानमा अति भारी वर्षा हुने मौसमविदको अनुमान छ । यस्तो बेला जोखिम क्षेत्र र नदी तटीय क्षेत्रमा नबस्न र सावधानी अपनाउन आग्रह गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले विपदको जोखिम कम गर्नका लागि आफूहरु तम्तयार भएर बसेको जानकारी दिनुभयो । उहाँले देशभर उच्च सतर्कता अपनाइएको र सम्बन्धित निकायहरुमा सचेतताका लागि आग्रह गरिसकिएको बताउनुभयो ।

    यसअघि साउन २५ देखि २९ गतेसम्म मुलुकका विभिन्न क्षेत्रमा भीषण वर्षा भएको थियो । उक्त अवधिमा वर्षापछि आएको बाढी र पहिरोमा परेर ठूलो धनजनको क्षति भएको छ भने धेरै मानिसहरू अहिले पनि हराइरहेका छन् । भोलिदेखि फेरि भीषण वर्षा हुने भएकोले बेलैमा सुरक्षित उपाए अपनाएर नदी तटीय क्षेत्रमा नबस्न र केही दिनका लागि जोखिम क्षेत्रबाट अन्यत्रै सुरक्षित स्थानमा जान पनि अनुरोध गरिएको छ । तर त्यसका लागि जोखिमयुक्त क्षेत्रको पहिचान गरेर त्यहाँका बासिन्दालाई अन्यत्रै सार्ने काम राज्यका निकायहरुले गर्न सकेका छैनन् ।


    शनिवार, श्रावण ३ २०७७०७:४५:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij