काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आज प्रधानमन्त्री र सभामुखबीच भेट भएको हो ।
प्रधानमन्त्री ओलीलाई भेट्न सभामुख सापकोटा बिहान ११ बजे बालुवाटार पुग्नुभएको थियो । भेटमा संसद् सञ्चालनका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।
गत पुस ५ मा संसद् विघटन भएपछि प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीचको सम्बन्ध बिग्रिएको थियो । त्यसैले, आजको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।