Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

साइप्रसमा रहेका नेपालीहरुलाई भोलि नेपाल ल्याइदै

साइप्रसमा रहेका नेपालीहरुलाई भोलि नेपाल ल्याइदै

  • बिहिवार, आषाढ १८ २०७७

  • 898
    SHARES

  • साइप्रसमा रहेका नेपालीहरुलाई भोलि नेपाल ल्याइदै

    इजरायलस्थित नेपाली दूतावासको पहलमा साइप्रसमा रही समस्यामा परेका नेपालीको जुलाइ ३ मा ‘उद्धार’ हुने भएको छ । नेपाली राजदूतावास इजरायलका प्रवक्ता अर्जुन घिमिरेले नेपाल एयरलाईन्सलाई महामारीको समयमा साइप्रस सरकार लगायत युरोपियन युनियनले चार्टर गर्न अनुमति नदिएपछि कतार एयरलाइन्ससँग समन्वय गरेर उद्धार गर्न लागिएको जानकारी दिए ।


    साइप्रस समेत हेर्ने दूतावासका प्रवक्ता घिमिरेले भने, दूतावास र साइप्रसका सघंसस्थाहरुकै आग्रहमा नेपाल सरकारले धेरै मिहनेत गरी विदेशी कम्पनी कतार एयरबेजसँग कुरा गरेर जुलाई ३ तारिखका लागि जहाज फिक्स गरेको हो । यसलाई अवसरका रुपमा लिइदिनु हुन सम्पूर्ण साईप्रस र ईजरायलमा बसोबास गर्ने नेपालीहरुलाई आग्रह गर्दछु ।’

    प्रवक्ता घिमिरेले साईप्रसबाट नेपाल फर्कनका लागि शुरुमा धेरैले नाम दर्ता गराएको तर टिकट काट्नेहरुको संख्या न्युन रहेको बताए । कतार एयरवेजले आफूहरुलाई सकभर धेरै भन्दा धेरै नेपालीहरु टिकट काटेमा फ्लाईट गर्न सहज हुने बताएकोले अब जो नेपाली समास्यामा छन् उनीहरुका लागि यस्तो अवसर पछि नआउने भएकाले समयमै निर्णय लिन प्रवक्ता घिमिरेले अनुरोध गरेका छन् ।

    उनले समस्यामा परेकाहरुलाई दूतावासले पनि आवश्यक प्रक्रियागत सहयोग उपलब्ध गराउन तयार रहेको पनि बताए ।

     


    बिहिवार, आषाढ १८ २०७७०८:४२:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij