काठमाडौं । शुक्रबार निधन हुनुभएका नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्जलि दिनका लागि काँग्रेस पार्टी कार्यालय सानेपामा राखिने भएको छ ।
जोशीको पार्थिव शरीर १२ बजे देखि दिउँसो २ बजेसम्म केन्द्रीय कार्यालयमा राखिने कांग्रेसले जनाएको छ ।
उहाँको पार्थिव शरीरलाई शवयात्रापछि दिउँसो ३ बजे पशुपति आर्यघाटमा लगेर अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
झण्डै एक महिनादेखि उपचार गराइरहनु भएका जोशीको काठमाडौंसिथ्त नर्भिक अस्पतालमा शुक्रबार बेलुका साढे ८ बजे निधन भएको हो ।
आज बिहान बसेको कांग्रेसको आकस्मिक बैठकले जोशीको सम्मानमा देशभरका पार्टी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय गरेको छ ।