Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

उपेन्द्र यादव भन्छन्, 'ओलीलाई सरकारबाट हटाउनेपर्छ'

उपेन्द्र यादव भन्छन्, 'ओलीलाई सरकारबाट हटाउनेपर्छ'

  • शुक्रवार, चैत्र १३ २०७७

  • 1.5K
    SHARES

  • उपेन्द्र यादव भन्छन्, 'ओलीलाई सरकारबाट हटाउनेपर्छ'

    काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प दिन ढिलो भइसकेको बताउनुभएको छ ।
    सर्वोच्चको फैसलाले विघटित प्रतिनिधिसभा पुनस्थापित गरे पनि ओलीले फेरि विघटन गर्न सक्ने खतरा रहेकाले ओलीलाई तत्काल पदबाट हटाउनुपर्ने उहाँले बताउनुभयो ।

    शुक्रबार (आज) प्रेस मञ्च नेपालले बुटवलमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष यादवले वैकल्पिक सरकार दिन प्रमुख प्रतिपक्षी दलले अग्रसरता लिनुपर्ने बताउनुभयो । ‘अब प्रधानमन्त्रीलाई सरकारबाट हटाउनैपर्छ, संघीयता र गणतन्त्र पक्षधरको सरकार बन्नुपर्छ,’ यादवले भन्नुभयो, ‘अहिले सबैले कांग्रेसतिर हेरिरहेका छन्, त्यसमा पनि पार्टी सभापति देउवातिर ।’

    संविधान र संसदमाथि प्रहार गरेपछि प्रधानमन्त्री ओलीले अहिले फेरि पुनःस्थापित संसदलाई असफल पार्ने प्रयत्न गरेको आरोप पनि लगाउनुभयो ।


    शुक्रवार, चैत्र १३ २०७७१०:५९:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij