Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

प्रचण्ड देशमा विध्वंश मच्चाउन केन्द्रीत छन् : लेखराज भट्ट

प्रचण्ड देशमा विध्वंश मच्चाउन केन्द्रीत छन् : लेखराज भट्ट

  • शुक्रवार, चैत्र १३ २०७७

  • 933
    SHARES

  • प्रचण्ड देशमा विध्वंश मच्चाउन केन्द्रीत छन्  : लेखराज भट्ट

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री तथा नेकपा एमालेका नेता लेखराज भट्टले प्रचण्ड देशको सिर्जना गर्नेभन्दा बढी विध्वंश मच्चाउन केन्द्रीत रहेको आरोप लगाउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले प्रचण्ड देशको हितलाईभन्दा बढी अन्य विषयलाई महत्व दिन थालेको आरोप लगाउनुभयो ।

    उहाँले आफुले प्रचण्डलाई नभई बरु प्रचण्डले आफुलाई छाडेको दावी गर्नुभएको छ ।

    उहाँले भन्नुभयो,“पार्टी एकता गरौं भन्ने प्रस्ताव पनि प्रचण्ड जीको थियो हामीले समर्थन ग¥यौं, अनि अहिले एक बनीसकेको पार्टीलाई अलग बनाउन पनि उहाँकै भुमिका देखिएकाले मैले समर्थन गर्न सकिँन ।”

    मन्त्री भट्टले देशको हितका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएको स्पष्ट पार्नुभएको छ । उहाँले पद बिशेषमा केन्द्रीत नरहेर देशको सर्वोपरी हितका लागि ओलीलाई साथ दिएको जानकारी दिनुभयो ।

    सबैले आफ्ना–आफ्ना कमीकमजोरी औंल्याएर फेरि पनि पार्टी एकतामा जुट्नुपर्ने मन्त्री भट्टको भनाइ छ ।


    शुक्रवार, चैत्र १३ २०७७०६:३७:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij