Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

तस्करसँग झडप हुँदा एक प्रहरीसहित दुई जना घाइते

तस्करसँग झडप हुँदा एक प्रहरीसहित दुई जना घाइते

  • शनिवार, श्रावण ३ २०७७

  • 792
    SHARES

  • तस्करसँग झडप हुँदा एक प्रहरीसहित दुई जना घाइते

    सुनसरी । सुनसरीमा प्रहरी र तस्करबीच झडप हुँदा दुई जना घाइते भएका छन् । जिल्लाको हरिनगरको घुस्कीमा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप हुँदा एक प्रहरीसहित दुई जना घाइते भएका हुन् ।

    गएराति हरिनगर गाउँपालिकाको वडा नम्बर–७ घुस्कीमा भारतबाट आएका तस्कर समूहले सशस्त्र प्रहरीले बोेकेको हतियार खोस्न खोजेपछि झडप भएका् हो । झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर हरिनगरका २० वर्षीय सहजद जट अन्सारी घाइते भएका हुन् ।

    यस्तै सशस्त्र प्रहरी जवान जीवराज बिसुन्खेको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । घाइते दुवै जनाको धरानस्थित घोपा अस्पतालमा उपचार भइरहेको छ ।


    शनिवार, श्रावण ३ २०७७०१:२७:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij